प्रतिस्पर्धाको दौरान घाइते बनेका अमेरिकी बक्सर प्याट्रिक डेको निधन


३० आश्विन २०७६, बिहीबार ११:३० मा प्रकाशित

काठमाडौं । विश्व बक्सिङका लागि बुधबारको रात निकै स्तब्धपुर्ण रह्यो । व्यवसायिक बक्सिङ प्रतिस्पर्धाको दौरान घाइते बनेका अमेरिकी बक्सर प्याट्रिक डेको निधन भयो ।

अमेरिकाको सिकागोमा शनिबार अमेरिकन खेलाडी चार्ल्स कोनवेलसँगको प्रतिस्पर्धा दौरान घाइते भएका प्याट्रिकको बुधबार निधन भएको हो । सुपर वेल्टरवेट फाइटको १० औं राउण्डमा प्याट्रिक नकआउट भएका थिए । कोनवेल कडा पन्चले नकआउट भएका उनलाई स्ट्रेचरमा राखेर रिङबाहिर निकालेर हस्पीटल पुर्याइएको थियो । घाइते भएपछि २७ वर्षे उनलाई तत्काल अस्पताल लगिएको थियो । तर, चार दिनपछि उनको अस्पतालमा निधन भएको हो । प्याट्रिकले २२ फाइटमा १७ खेल जितेका थिए ।

गत जुलाईमा फाइटको दौरान रसियन बक्सर म्याक्सिम डाडासेभको पनि निधन भएको थियो । पछिल्लो समय बक्सिङमा ब्यबसायिक खेलाडीहरुको निधनले खेलाडी सुरक्षाको प्रश्न खडा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here