काठमाडौँ । नेपालका उदीयमान खेलाडी प्रिन्स दाहाल लिनिङ दक्षिण एसियाली यु २१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलमा दोश्रोमै सीमित हुन पुगेका छन् ।
उपाधिनजिक पुगेका प्रिन्स फाइनल प्रतियोगितामा तेश्रो बरियता प्राप्त भारतका सराथ दुन्नानसँग १६–२१, १७–२१ को सेटमा पराजित हुँदै रजतमा खुम्चिएका हुन् । च्याम्पियनसिपमा नेपालले एक रजत र तीन कास्य हात पारेको छ । पुरुष एकलमा रजत, मिक्स युगलमा दुई कास्य र मिक्स टिम ईभेन्ट्समा एक कास्य प्राप्त गरेको हो ।





