राष्ट्रपति सीको नेपाल भ्रमण : आइतबार सार्वजनिक बिदा


२४ आश्विन २०७६, शुक्रबार ११:१७ मा प्रकाशित

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकीय भ्रमणका अवसरमा आइतबार सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।

राष्ट्रपति सी शनिबार नेपाल आएर आइतबार चीन फर्कने कार्यक्रम रहेको छ । गृह मन्त्रालय स्रोतका अनुसार सुरक्षा संवेदनशीलता र सर्वसाधारणमा पर्ने असुविधालाई ध्यानमा राख्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । यसअघि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा पनि बिदा दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here