सिन्धुपाल्चोकमा बस दुर्घटना, ७ जनाको मृत्यु, ६० घाइते


२४ आश्विन २०७६, शुक्रबार ११:१३ मा प्रकाशित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा यात्रुबाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० र ११ को सीमा क्षेत्र शिवटारबाट काठमाडौं जाँदै गरेको बा २ ख ३९०२ नम्बरको बस इन्द्रावती गाउँपालिकाअन्तर्गतको भीमटार नजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा कम्तिमा ७ जना यात्रुको मृत्यु भएको खबर प्राप्त भएको प्रहरी चौकी भीमटारका इन्चार्ज प्रहरी सहायक निरीक्षक परशुराम साहले खबरहबलाई जानकारी दिए । दुर्घटनामा ६० जना घाइते भएका छन् । बसमा ८० भन्दा बढी यात्रु सवार रहेको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here