दशैं मनाउन घर गएसँगै काठमाण्डौ उपत्यकामा सुनसान


२० आश्विन २०७६, सोमबार १०:५५ मा प्रकाशित

काठमाडौं । विभिन्न पेशा व्यवसाय गरी काठमाडौं बस्नेहरु दशैँ मान्न घर गएसँगै काठमाण्डौ उपत्यकामा सुनसान बनेको छ ।

उपत्यकामा गुड्ने सवारीसाधन निकै कम देखिएका छन् । केहि भाडाका र निजी गाडी तथा मोटरसाइकल बाहेक सडक शुन्य प्रायः देखिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंबाट १७ हजार ३ सय ४५ गाडीमा १ लाख ५७ हजार ३ सय ८८ जना बाहिरिएका छन् । यस्तै १२ हजार २ सय ९५ गाडीबाट ३६ हजार ७ सय ६० मान्छे काठमाडौं भित्रिएका छन् । काठमाण्डौ उपत्यकामा वितेको २४ घण्टामा १७ वटा सवारी दुर्घट्ना हुँदा १ जनाको मृत्यु भएको छ भने १६ जना सामान्य घाइते भएका छन् ।

दशैं मनाउन काठमाण्डौ उपत्यकाबाट अहिलेसम्म करिब २७ लाख मानिस बाहिरिएको महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ सय १० सवारी साधन कारबाही हुँदा १ सय १२ जना मादक पदार्थ सेवनका कारण कारबाहीमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here