दशैंमा १२ अर्ब रुपैयाँको नयाँ नोट वितरण


१९ आश्विन २०७६, आईतवार ११:३० मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष दशैंमा १२ अर्ब रुपैयाँ नयाँ नोट वितरण गरेको छ ।

असोज १० गतेदेखि १७ गतेसम्म विभिन्न बैंकहरुबाट यो रकम वितरण गरिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । राष्ट्र बैंकले एक जनालाई ५, १०, २०, ५० र १ सय रुपैयाँ दरका एक एक प्याकेट गरी अधिकतम १८ हजार ५ सय रुपैयाँसम्म साट्न सक्ने व्यवस्था मिलाएको थियो । त्यसभन्दा धेरै चाहिनेलाई सुकिलो नोट उपलब्ध गराइएको प्रवक्ता निरौलाले बताए । गत वर्ष र यो वर्ष नोटको परिणाम बराबर रहेपनि यो वर्ष नोट साट्न सअहज भएको सर्वसाधरणले गुनासो गरे ।

निजी र सरकारी बैंकबाट बराबर रकम बाडिएको राष्ट्र बैंकले जनाएको छ । तर निजी बैंकले केही दिनमा नै पैसा सकिएको बताएका थिए । बैंकले पैसा दिन नसकेपछि सर्वसाधरण १० प्रतिशत कमिशन दिएर खुथपाथ व्यापारीबाट समेत पैसा किन्न बााध्य भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here