काठमाडौं । सिन्धुलीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
बिपी राजमार्गस्थित सिन्धुलीको नेपालथोकमा शनिबार बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बा ३ ख २३५९ नम्बरको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
मृतकको पहिचान नखुलेको सिन्धुली प्रहरीले जनाएको छ । बसमा चालकसहित ३५ जना सवार रहेको प्रहरीको अनुमान छ । दुर्घटनाको कारणबारे जानकारी नभएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।





