असोज १७ गतेबाट प्रदर्शनमा आउँदै चलचित्र शिवम्


१६ आश्विन २०७६, बिहीबार ११:१० मा प्रकाशित

काठमाडौं । चलचित्र शिवम् असोज १७ बाट प्रर्दशनमा आउने भएको छ ।

प्रेम र एक्सनले भरिपूर्ण चलचित्र शिवम् बाट नवनायक सोहम भेट्वालको रजतपटमा जन्म हुदैँछ । प्रेम कथा संगै एक्सनमा सोहमले आफूलाई पर्दामा प्रस्तुत गरेका छन् । यूके वासी सोहमलाई कलाकारीताको मोहले नै नेपाल फर्काएको छ । एस के प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र शिवम् मा सोहमको साथमा शुभेच्छा थापा, रबि गिरी, रश्मि भट्ट लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई राजु गिरीले निर्देशन गरेका छन् भने वितरणको जिम्मा तिरुपति पिक्चर्सका लागि सरोज शर्मा र सुनिता भट्टराइले लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here