यौन दुर्व्यवहारको आरोप लागेका सभामुखलाई राजीनामा दिन नेकपाको दबाव


१४ आश्विन २०७६, मंगलवार १२:५५ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन आग्रह गरेको पार्टीका प्रवक्ताले बताएका छन् ।

सभामुख महरामाथि संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले जबर्जस्ती करणी गरेको गम्भीर आरोप लगाएपछि नेकपाको सचिवालयले उनलाई सभामुख र सांसद पदबाट राजनीमामा दिन सुझाव दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका हुन् । श्रेष्ठका अनुसार मङ्गलबार मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो आग्रह गर्ने निर्णय गरेको हो ।

यसअघि महराले भने आफूमाथि लगाइएको आरोपमा ‘कुनै सत्यता नभएको’ भन्दै खण्डन गरेका थिए । तर यो मामिलाको छानबिनका लागि ‘आफ्नो राजीनामा आवश्यक परे राजीनामा गर्न आफू तयार रहेको’ भनी महराले उनी निकटहरूलाई बताएको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here