हरेक १५ मिनेटमा रेविज रोगको कारण एकको मृत्यु


११ आश्विन २०७६, शनिबार १३:०६ मा प्रकाशित

काठमाडौं । विश्वमा हरेक १५ मिनेटमा रेविज रोगका कारण एक जनाको मृत्यु हुने गरेको तथ्यांक छ ।

नेपालमा भने यकिन तथ्यांक नभए पनि हरेक वर्ष रेबिजका कारण झण्डै ९ सय मानिसको मृत्यु हुने गरेको चिकित्सकको भनाइ छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा मात्रै दैनिक १ सय ५० जना कुकुरको टोकाइबाट पीडित भएका व्यक्ति उपचारमा आउने गरेका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए । नेपालमा रेबिजको बारेमा अझैपनि जनचेतना कम हुँदा उपचारका लागि अस्पतालमा नजाने प्रचलन छ। रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो ।

विश्व रेविज विरुद्धको दिवस नेपालमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइएको छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सेप्टेम्बर २८ तारिखका दिन संसारभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । रेविज रोगलाई प्रमुख स्वास्थ्य समस्याका रुपमा लिदै विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा रेविजको अन्त्य गर्ने लक्ष्य राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here