जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ ।
सुरक्षाको वर्तमान अवस्था र चुनौतीको विषयमा गोष्ठीमा छलफल हुने बताइएको छ । भोीलसम्म चल्ने गोष्ठीमा प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव्, राज्यमन्त्री सरोज सिंह, आठ जिल्लाकै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका अधिकारीकोसहितको सहभागिता रहेको छ । भोील गृहमन्त्री रामबहादुर थापा समेत गोष्ठीमा सहभागि हुनेछन् । प्रदेश २ मा केहिदिन यता अपराधिक घटना बढेको छ ।
दैनिक जसो लुटपाट, हत्या, बलात्कार, चोरी जस्ता घटना घटिरहेका छन् । सोही कारणले गृहमन्त्रालय र प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयले संयुक्त रुपमा गोष्ठीको आयोजना गरेको बताइएको छ । धनुषाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले प्रदेशको अगामी सुरक्षा रणनीति बनाउने उदेश्यका साथ गोष्ठी आयोजना भएको जानकारी दिए ।





