हाइड्रोपावर जग्गा मिलेमतो व्यक्तिको कब्जामा


९ आश्विन २०७६, बिहीबार १७:११ मा प्रकाशित

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–१ मा निर्माणाधीन इसुवाखोला हाइड्रोपावरमा मुआब्जा विवाद भएको छ ।

आयोजनाको नाम बेचेर जग्गाको अधिकतम प्रतिरोपनी २ लाख मुआब्जा दिएर आठदेखि १० लाख मूल्य निर्धारण गरेको भेटीए पछि स्थानीयले बिरोध जनाएका छन् । आयोजनाले स्थानीयलाई पाखोबारीको प्रतिरोपनी १ लाख ५० हजार र बारीको प्रतिरोपनी २ लाख र मुआब्जा दिएको थियो ।  मकालु–१ मा ९७ दशमलव दुई मेगावाटको इसुवाखोला हाइड्रोपावर केभिएनआर विराटनगर र बिगवर्ल्ड हाइड्रोपावरले निर्माण गरिरहेका छन् । आयोजनाले स्थानीयलाई ढाटेको भन्दै अदालत जाने बताएका छन् । हाइड्रोपावरले स्थानीय २ लाखमा लिएर जग्गा मालपोत कार्यालयमा हेर्दा प्रतिरोपनी ८ देखि १० लाखसम्ममा रजिस्ट्रेशन पास गरेको पाइएको मकालु–१ का स्थानीय कुसाङदोर्ची शेर्पाले जानकारी दिए । उनले भने ६ हजार ३ सय ९० वर्गमिटर बारी हाइड्रोपावरलाई भनेर दिएको थियो । तर अहिले मालपोतमा आएर हेर्दा धरान उपमहानगरपालिका–१ घर भएका जितेन्द्र श्रेष्ठको नाममा पास भएको पाइएको गुनासो गरे ।

धरानका श्रेष्ठ आयोजनाका फिल्ड म्यानेजर भएको उनले बताए । आयोजनाको अधिकांश जग्गा श्रेष्ठकै नाममा पास भएको पाइएको छ । हाइड्रोलाई दिएको जग्गा व्यक्तिको नाममा दर्ता भएको पछि स्थानीयले केही दिन अघि जिल्ला प्रशासन कार्यालय खाँदबारी र जिल्ला समन्वय समितीलाई ज्ञापन पत्र समेत बुझाएका छन् । हाइड्रोले स्थानीयलाई एउटै स्थानमा भएको जग्गालाई फरक फरक मूल्यको दिएको आरोप लगाए । हाइड्रोलाई कुसाङदोर्ची शेर्पाले ४ सय २० वर्ग्मिटरको एक लाख मुआब्जा पाए । तर उनकै छिमेकी मनमाया राईलाई भने २ सय ४० वर्गमिटरको एक लाख मात्र दिएको भन्दै गुनासो गरे । स्थानीयले एउटै जग्गाको फरक–फरक मूल्य दिएको स्थानीयको आरोप छ ।

मकालु गाउँपालिकाको आमराङदेखि इसुवाखोलासम्म सडकको मुआब्जा प्रतिरोपनी एक लाख दरले दिने भनिए पनि कतिपयले अझै मुआब्जा नपाएको बताएका छन् । स्थानीयको माग तत्काल सम्बोधन नभए निर्माण कार्य ठप्प पार्न मकालु समाज अध्यक्ष नुर्व शेर्पाको भनाइ छ । उनले भने गाउँमाथिबाट हाइड्रोको पेनस्टक पाइप ल्याउने योजना रहेको छ, केही गरी पाइप फुटेमा वा लिकेज भएमा कम्तिमा ६० घर बगाउने खतरा रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here