काठमाडौं । कृषि विकास बैंक ह्याकिङ प्रकरणमा स्याङ्जाबाट एकजना निर्माण व्यवसायी पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको अनुरोधमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले बिहीबार दिउँसो स्थानीय निर्माण व्यावसायी रामकृष्ण भुसाललाई वालिङबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकूल थापाले स्याङ्जाबाट भुसाल पक्राउ परेको पुष्टि गरेका छन् । कृषि विकास बैंकबाट ह्याक गरेर निकालिएकोमध्ये ६५ लाख रुपैयाँ भुसालको खातामा ट्रान्सफर भएको पाइएपछि पक्राउ गरिएको थापाले बताए ।
प्रहरीले ह्याक गरेर निकालिएको रकम सारिएका भएका खाताको विवरण अध्ययन गरेर भुसाललाई पक्राउ गरेको हो । पक्राउ परेका भुसाल स्याङ्जाको प्रतीक्षा निर्माण सेवा कम्पनीका मालिक हुन् ।





