पाल्पामा जंगली च्याउ खाँदा ५ जना बिरामी


८ आश्विन २०७६, बुधबार १३:५७ मा प्रकाशित

बुटवल । पाल्पामा जंगली च्याउ खाँदा ५ जना बिरामी भएका छन् ।

बिरामी हुनेमा रामपुर नगरपालिका–४ खप्टारका ३९ वर्षीय तुलबहादुर मल्ल, ५३ वर्षीय ठगबहादुर खाँण, १४ वर्षीय अनुप थापा, ३४ वर्षीया केसरी मल्ल, ११ वर्षीय शंकर खाँण रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए । पाल्पामा उपचार हुन नसेकपछि उनीहरुको बुटवलको सिद्धबाबा हस्पिटलमा उपचार भइरहेको छ । बिरामीमध्ये ३ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ । यद्यपि, उनीहरुको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । २ जनाको भने अवस्था सामान्य छ ।

घर नजिकै रहेको जंगलबाट ल्याएको च्याउ उनीहरुले मंगलबार राती तरकारीको रुपमा खाएका थिए । शुरुमा बिरामी भएकालाई प्रवासमा उपचार गर्न ल्याएको थियो त्यहाँ उपचार नभएपछि बुटवल ल्याएको हो । बर्षाको बेला ग्रामिण क्षेत्रमा जंगली च्याउ खाँदा बिरामी हुने र कतिपय अवस्था मृत्युसमेत भएका घटनाहरु विगतमा पनि हुने गरेका छन् । पाल्पामा गतसाल पनि च्याउ खाएका कारण केही व्यक्ति बिरामी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here