धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय शिवकुमार महतो, उनका श्रीमती र एक कामदार रहेका छन् । महतोले पुर्वेली स्टाप होटल संचालन गरेका थिए । सोही होटलमा सुतिरहेका महतो, उनका श्रीमती र कामदारको करेन्ट लागेर मृत्यु भएको धनुषाका एसपी शेखर खनालले जानकारी दिए । उनका अनुसार मृतक कामदारको पहिचान खुल्न सकेका छैन् । मृतक महतो श्रीमतीको पनि नाम खुल्न सकेको छैन् ।
घरमा सुतिरहेका बेला विद्युत सर्ट भएपछि तार जलेर तल खस्दा उनीहरुलाई करेन्ट लागेको प्रहरीको अनुमान छ । बिहान ढिलोसम्म होटल नखोल्दा स्थानीयले त्यहाँ गएर हेर्दा मृत भेटेपछि प्रहरीलाई खबर गरेको थियो । मृतक तीनै जनाको शव अहिले घटनास्थल मै रहेको छ । प्रहरी घटनास्थल पुगेर कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमका लागि जनकपुर ल्याउने तयारी गरेको एसपी खनालले जानकारी दिए ।





