इन्डोनेसियामा विवाहपूर्व यौनसम्बन्धको विरोधमा व्यापक प्रदर्शन


८ आश्विन २०७६, बुधबार १३:३१ मा प्रकाशित

इन्डोनेसिया । इन्डोनेसियामा सरकारले प्रस्तावित विधेयकमा विवाहपूर्व यौनसम्बन्धलाई गम्भीर अपराध मान्दै विरोधमा व्यापक प्रदर्शन भएको छ ।

गर्भपातमा पनि विधेयकले कडाइ गरेको छ । विधेयकको विरोधमा इन्डोनेसियामा हजारौंले प्रदर्शन गरेका छन् । विरोध प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीका फोहोरा तथा अश्रुग्यास प्रयोग गरेको भए पनि प्रदर्शनकारी सडकमा डटेर सरकारविरुद्ध नारावाजी गर्दै आएका छन् । बढ्दो विरोध प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले विधेयकमाथिको मतदानलाई स्थगित गरेको छ । राष्ट्रपति जोको विडोडोले विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै मतदान शुक्रबारसम्मका लागि स्थगित गरेका हुन् ।

विरोध प्रदर्शनकारी भने उक्त विधेयक फिर्ता लिनुपर्ने माग अघि सार्दै प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले कुनै न कुनै रुपमा सरकारले विधेयक पारित गर्ने आशंका गर्दै आएका छन् । राजधानी जकार्तामा प्रदर्शनकारीले सभामुखसँग भेट्न पाउनुपर्ने माग गर्दै संसद भवन अगाडि प्रदर्शन गरेका छन् । ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here