संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थामाथि कुनै खतरा छैनः प्रचण्ड


५ आश्विन २०७६, आईतवार १२:३२ मा प्रकाशित

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थामाथि कुनै खतरा नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरागर्दै उनले अहिलेनै परिवर्तन र व्यवस्थाप्रती कुनै खतरा नभएको उल्लेख गरे । उनले परिवर्तनका विरुद्ध अराजक र उच्छृंखल गतिविधि देखिन थालेको भन्दै त्यसको प्रतिकार गर्न सरकार र सरकारमा रहेका राजनतिक दल तथा सरकार बाहिर रहेका राजनीतिकदल सहमत रहेको बताए । उनले संविधान र राज्य प्रणालीलाई दोष देखाएर उच्छृंखल गतिविधि गर्नेहरुलाई राजनितिक र सांस्कृतिक बहसबाट परास्त गरिने बताए । भ्रष्ट्राचार नियन्त्रणमा सरकार सफल हुदै गएको उल्लेख गर्दै अध्यक्ष दाहालले मुलुकमा चांडै देखिनेगरि विकास निर्माणले गति लिने र सुशासन कायम हुने बताए ।

पार्टी भित्र सरकारको कामको समिक्षा भइरहेको भन्दै उनले सरकारले कामनै नगरेको भन्ने विषयमा प्रचारवाजी मात्र गरिएको र त्यसमा सत्यता नभएको दाबी गरे । उनले गतवर्ष मौलिक हक सम्वन्धि कानुन बनेको, विकास निमार्णको कामले तिव्रता पाई रहेको तथा पेट्रोलियम पदार्थ ल्याउनका लागि पाइप लाइन बिस्तार लगायतका महत्वपुर्ण कामहरु भएको बताए । मुलुकको आर्थिक वृद्धिदर समेत बढेको अवस्थामा सरकारले केहि गरेन भनेर आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here