साफ यू-१८ फुटबलः नेपाल र माल्दिभ्सबीचको खेल बराबरी


३ आश्विन २०७६, शुक्रबार १८:१७ मा प्रकाशित

काठमाडौं । साफ यू–१८ फुटबल च्याम्पियनसिपमा नेपालले माल्दिभ्सँग एक–एक गोलको बराबरी खेलेको छ ।

हलचोक स्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा नेपालले माल्दिभ्सको एक गोलको अग्रतालाई बराबरीमा रोक्न सफल भएको हो । नेपालका लागि मनिष डाँगीको गोल हारबाट बचाउन सफल भयो । खेलको १३ औं मिनेटमा नै नेपाली डिफेन्डरले डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई माल्दिभ्सले अग्रता बनाएको थियो । एक गोलले पछि परेको नेपाल दबाबमा आएको थियो । पहिलो हाफमा नेपालले गोल गर्ने अबसर प्राप्त गरेपछि गोल गर्न भने सकेन । ४९ औं मिनेटमा माल्दिभ्सले अर्को एउटा प्रहार गरेको थियो ।

दोस्रो हाफको ७४ औं मिनेटमा नेपालले गोल फर्काउन सफल भयो । बारम्बारको प्रयास पछि नेपालका लागि मनिश डाँगीले हेडर गोल गरे । उनको नेपाली उमेर समुहमा गरेको यो पहिलो गोल हो ।अब नेपालले समुहको दोस्रो खेलमा भुटानसँग खेल्नेछ । नेपालका लागि सेमिफाइनलमा पुग्न सो खेल जित्ने पर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here