भोजपुरको षडानन्द नगरपालिकाको गाडीलाई लक्षित गरी विस्फोट


३ आश्विन २०७६, शुक्रबार १७:२० मा प्रकाशित

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा नगरपालिकाको गाडीलाई लक्षित गरी बम विस्फोट भएको छ ।

शुक्रबार बिहान नगरपालिका परिसरमा नै राखिएको गाडी लक्षित गरी कुकुर बम विस्फोट भएको हो । शुक्रबार बिहान तीन बजेतिर नगरपालिकाको कुकर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरबहादुर सलामी मगरले बताए । विस्फोट भएको ठाउँमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा पनि भेटिएको प्रहरीले जनाएको छ । ‘दलाल पुँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ लेखिएको विप्लव नेतृत्वको नेकपाको पर्चा भेटिएको डीएसपी मगरले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए ।

त्यस्तै नगरपालिकाको ग्यारेज छेउमा शंकास्पद वस्तु फेला परेकोले संकास्पद वस्तुको डिस्पोजको लागि संखुवासभाबाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल तर्फ आउदै गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here