गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेरः नवनियुक्त मन्त्रीले लिए शपथ


२ बैशाख २०८३, बुधबार १४:०४ मा प्रकाशित

गण्डकी प्रदेशमा नवनियुक्त मन्त्रीहरुहरुले पद तथा गोपनियताको शपथ लिनुभएको छ । 


बुधवार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । यसअघि मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा प्रदेश प्रमुखले नयाँ मन्त्रीहरु नियुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्री पाण्डेले पुराना सबै मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्नुभएको छ । ९ सदस्यीय मन्त्रीमण्डलमा नेपाली काँग्रेस र नेकपा एमालेका चार/चार जना मन्त्री छन् । काँग्रेसबाट जित शेरचन अर्थमन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ र नम्डु गुरुङ  वन तथा वातावरण मन्त्री बन्नुभएको छ ।

यस्तै एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन,भीम कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी र लक्ष्मण पाण्डेस्वास्थ्यमन्त्री बन्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here