साम्यवाद र समाजवादी दर्शन विश्वबाटै असफल भइसक्योः राजेन्द्र लिङदेन


२ फाल्गुन २०८२, शनिबार १६:३७ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले साम्यवादी र समाजवादी दर्शनहरु असफल भइसकेको टिप्पणी गर्नुभएको छ । 


शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उहाँले सो कुरा बताउनुभएको  हो । अध्यक्ष लिङदेनलेसमाजवाद र साम्यवादको दर्शन असफल भई विश्वका ठूल्ठूला राष्ट्रहरु पनि संवद्र्धनवादतर्फ उन्मुख भइरहेको जिकिर समेत गर्नुभयो ।

उहाँले मुलुकलाई बनाउन पनि र बचाउन पनि संवद्र्धनवाद उपयुक्त विचारधारा भएकाले आफ्नो पार्टीले त्यसलाई अंगिकार गरेर अघि बढेको समेत बताउनु भयो । 

त्यस अवसरमा अध्यक्ष लिङदेनले गैरआवासीय नेपालीहरुलाई वंशजको आधारमा नागरिकता दिन हिच्किच्याउनुपर्ने कुनै कारण नरहेको समेत बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here