नागरिकलाई फेरि गोली चलाउने र सिंहदरबार जलाउने काम हुँदैन भन्नेकुराको ग्यारेन्टी काँग्रेसले मात्रै गर्नसक्छः गगन थापा


२५ माघ २०८२, शनिबार १७:३२ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले फेरि सिंहदरबार जल्दैन भन्नेकुराको ग्यारेन्टी आफ्नो पार्टीले मात्रै गर्नसक्ने दाबी गर्नुभएको छ । 


शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भाद्र २३ र २४ को घटनाको चित्रण गर्दै आगामी निर्वाचनपछि सरकारले गोली चलाउने र अर्कोले सिंहदरबार जलाउने काम हुँदैन भन्ने कुराको ग्यारेन्टी नेपाली काँग्रेसले गर्ने जिकिर गर्नुभएको हो ।

सभापति थापाले युवा, बुढापाका सबै नागरिकसँग संवाद गरेर काँग्रेसले निर्वाचन पछि देश विकासको नयाँ अध्याय शुरु गर्ने समेत बताउनु भयो । उहाँले काँग्रेसले देशलाई सम्हाल्ने कामको नेतृत्व गर्न चाहेको समेत बताउनु भयो । 

सभापति थापाले देशलाई बदल्नका लागि आम नागरिकलाई भरोसा जगाउने काममा आफ्नो पार्टी लाग्ने पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here