आइसीसी टी- २० विश्वकप आजदेखि सुरु


२५ माघ २०८२, शनिबार १०:४१ मा प्रकाशित

मुम्बई : आइसीसी टी २० विश्वकप २०२६ आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ। आज समूह ए अन्तर्गत २ खेल हुँदैछन् । समूह ए अन्तर्गत श्रीलंकामा हुने पहिलो खेलमा नेदरल्यान्ड्स र पाकिस्तानले श्रीलंकामा खेल्दैछन्। 

समूह ए मा नै रहेको भारत र अमेरिकाले भारतको वाङ्खेडे स्टेडियममा उद्घाटन खेल्दैछन्। साविक विजेता भारतले उपाधि रक्षाको दौड सुरु गर्दैछ । समूह सी अन्तर्गत आज पहिलो खेल वेस्टइन्डिज र स्कटल्यान्डले खेल्दैछन्। 
भारतको बाङ्खेडे स्टेडियममा साँझ ६ बजेबाट उद्घाटन कार्यक्रम सुरु हुनेछ। उद्घाटन कार्यक्रममा नोरा फतेही, बादशाह, ऋषभ शर्मा र शिवमणिको प्रस्तुति रहनेछ। उनीहरूको प्रदर्शन पश्चात भारत र अमेरिकाको खेल साँझ ७ बजे सुरु हुनेछ। 

आइसीसीको अनुसार भारतका पूर्वकप्तान रोहित शर्मा र आइसीसीका अध्यक्ष जय शाहले आइसीसीको उपाधिसहित मैदानमा आउने कार्यक्रम रहेको छ। 
साविक विजेता भारतको लागि उपाधि जितेका कप्तान रोहितले त्यसपछि टी २० अन्तर्राष्ट्रियबाट सन्यास लिएका थिए। 

यो उद्घाटन समारोह पश्चात भने आइसीसी टी २० विश्वकप आधिकारिक रुपले सुरु भएको मानिनेछ। नेपालको पहिलो खेल आइतबार बाङ्खेडे स्टेडियममा हुनेछ। नेपालले समूह चरणको ४ वटै खेल बाङ्खेडे स्टेडियममा नै खेल्नेछ। पहिलो खेल नेपालले २ पटकको टी २० विश्वकप विजेता टिम इङ्ल्यान्डसँग खेल्नेछ। नेपाल र इङ्ल्यान्डको खेल नेपाली समयानुसार ३:१५ मा सुरु हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here