निर्वाचनमा प्रविधिको दुरुपयोग रोक्नुपर्छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी


२२ माघ २०८२, बुधबार १६:५० मा प्रकाशित

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रविधि तथा सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचन प्रक्रियालाई बिथोल्नसक्ने चिन्ता व्यक्त गर्नुभएको छ । 


निर्वाचनमा सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग रोक्न आफूहरुले पहल गर्ने प्रतिवद्धतासहित आयोग पुगेको टिकटकको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उहाँले यस्तो बताउनुभएको हो । प्रविधि र सामाजिक सञ्जालमार्फत हुने दुरुपयोग रोक्न सबै पक्षबाट सजगता अपनाउनुपर्ने बताउनु भयो ।

उहाँले निर्वाचन प्रयोजनार्थ टिकटकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । टिकटकले नेपालमा पवित्र सोचका साथ निःशुल्क निर्वाचन सफल बनाउने कामहरु गर्न लाग्नु आफैँमा महत्वपूर्ण कुरा भएको बताउनु भयो ।

निर्वाचन आयोगले आगामी निर्वाचनमा सामाजिक सञ्जाल प्लेटफर्महरूसँग समन्वय गरी गलत सूचना, भ्रम फैलाउने सामग्री तथा निर्वाचन आचारसंहिताविपरीतका क्रियाकलाप नियन्त्रण गर्न प्रयास गरिरहेको छ । यस सन्दर्भमा टिकटक जस्ता प्लेटफर्महरूबाट प्राप्त प्रतिवद्धता तथा सहयोगलाई आयोगले सकारात्मक रूपमा लिएको छ ।

विश्वव्यापी रूपमा सामाजिक सञ्जालमार्फत निर्वाचन प्रभावित हुने जोखिम बढ्दै गएको अवस्थामा नेपालको निर्वाचन आयोगले प्रविधिको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्दै दुरुपयोग रोक्न कडा कदम चाल्ने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here