अमेरिका–इरान तनाव उत्कर्षमाः इरानद्वारा सैन्य शतर्कता र १ हजार ड्रोन प्रदर्शन


१८ माघ २०८२, शनिबार १०:४१ मा प्रकाशित


संयुक्त राज्य अमेरिकासँगको तनाव बढ्दै जाँदा इरानले सम्भावित सैन्य कारबाहीको चेतावनी दिँदै आफ्नो सैन्य तयारीलाई तिब्र पारेको छ ।

इरानले हालै आफ्नो सेनामा १ हजार स्वदेशी रणनीतिक लडाकु ड्रोनहरू समावेश गरेको छ । स्ट्रेट अफ हर्मुजमा सैन्य अभ्यासको घोषणा गरेको छ । साथै इरानको इस्लामिक रिभोलुसन गाड्र्स कप्र्सले स्ट्रेट अफ हर्मुजमा लाइभ–फायर अभ्यास गर्ने प्रेस टीभीले जनाएको छ ।

यी पछिल्ला घटनाक्रमहरू यसै हप्ताको शुरुमा अमेरिकाले मध्य पूर्वमा विमानवाहक युद्धपोत नेतृत्वको स्ट्राइक ग्रुप परिचालन गरेपछि आएका हुन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक विशाल आर्मडा इरानतर्फ गइरहेको र तेहरानलाई सम्झौतामा पुग्न समय घर्किँदै गएको चेतावनी दिएका थिए । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here