प्रचण्डले विप्लवलाई भनेः ‘यताउता नभौँतारिनुस्, एकतामा आउनुस्’


१५ माघ २०८२, बुधबार १३:३० मा प्रकाशित

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)लाई पनि एकता प्रक्रियामा आउन आग्रह गनुभएको छ । 


बुधवार पार्टी कार्यलय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले कम्युनिष्ट आन्दोलनलाई सुदृढ गर्न एकता आजको अपरिहार्य आवश्यकता भएको बताउनु भयो । उहाँले विप्लव नेतृत्वको पार्टीलाई आत्मसमिक्षा गर्दै मूलधारमा फर्किन आह्वान गर्नुभयो ।

समाजवादी मोर्चाको समयदेखि नै एकताका लागि गम्भीर संवाद र छलफल हुँदै आएको उल्लेख गर्नुहुँदै उहाँले पछिल्लो पटक एकता लगभग टुंगिएको आफूले बुझेको भएपनि त्यो सफल हुन नसकेको बताउनु भयो । जेन–जी आन्दोलनपछि विप्लव पक्ष वैचारिक अन्योल र विचलनतर्फ गएको संयोजक दाहालको टिप्पणी छ ।

जेन–जी आन्दोलनपछि मुख्य नेतृत्व नै ठूलो भुमरीमा परेको जस्तो आफूलाई लागएको उहाँले बताउनु भयो । संयोजक दाहालले आफूहरूले पनि आत्मसमिक्षा गरेर एकताको बाटो रोजेको उल्लेख गर्नुहुँदै विप्लव पक्षलाई अझै अवसर बाँकी रहेको बताउनु भयो ।

उहाँले वास्तविक घर यही भएकाले यताउता भौतारिएर केही नहुने उल्लेख गर्नुहुँदै आत्मसमिक्षा गरेर एकतामा प्रक्रियामा आए फेरि स्वागत गर्न आफूहरु तयार रहेको बताउनु भयो । 

उहाँले कम्युनिष्ट शक्तिहरु एक नभएर अगाडी नबढेमा देश दुर्घटनामा जानसक्ने पनि बताउनु भयो । निर्वाचन नजिकिँदै गरेकोले एकता प्रक्रियामा आउनु उहाँले सम्पूर्ण विचार मिल्ने शक्तिहरुलाई आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here