एकैदिन आज सुनको मूल्य तोलामा ९ हजार ५ सयले बढ्यो


१५ माघ २०८२, बुधबार ११:३३ मा प्रकाशित


एकैदिन आज सुनको मूल्य तोलामा ९ हजार ५ सयले बढेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघले  बुधवार तोलामा छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८ सय रुपैयाँ तोकेको हो । मंगलवार एक तोला सुनको मूल्य ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य ७ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

मंगलवार एक तोला चाँदी ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी महँगिनुको कारण अमेरिकाले निम्त्याएको विश्वव्यापी तनाव रहेको व्यवसायीहरुले बताउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here