काठमाडौं- नेपाली बजारमा सुनको मूल्यको नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार पुगेको हो ।
हिजो आइतवार सुन तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो । पछिल्ला दिनमा निरन्तर बढ्दो क्रममा रहेको सुनको भाउ शुक्रवार तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो ।
चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।






