काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताउनुभएको छ ।
शुक्रवार सशस्त्र प्रहरी बलको २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुरक्षा चुनौतिहरु समयानुसार परिवर्तन भइरहेको बताउनु भयो ।
उहाँले विगतका निर्वाचनहरुलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी बलले खेलेको भुमिका प्रशंसनीय रहेकाले आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सम्भावित सुरक्षा चुनौतिहरुको सुक्ष्म अध्ययन गरी उच्च शतर्कता र व्यवसायिकताका साथ कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।
निर्वाचनका लागि सबै सुरक्षा अंग परिचालनको निर्णय पनि गरिसकेको बताउनु भयो । निर्वाचनमा एक थोपा पनि रगत बग्नु नहुने र कोही पनि घाइते हुन नहुने भन्दै त्यसैअनुसार सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।
प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न सबै सुरक्षा निकायले उच्च स्तरको व्यवसायिकता प्रश्तुत गर्ने जिकिर गर्नुभयो ।






