नेपाली कम्युनिष्ट पार्टीलाई जनताले पहिलो पार्टी बनाउन चाहेका छन्ः माधव नेपाल


१० माघ २०८२, शुक्रबार १७:१२ मा प्रकाशित


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न निर्वाचनमा जनताले आफ्नो् पार्टीलाई विजयी गराउन चाहेको दाबी गर्नुभएको छ । 
शुक्रवार काठमाडौंमा  आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई पहिलो पार्टी बनाउन देशभर लहर नै चलेको जिकिर समेत गर्नुभयो ।  उहाँले् युवा पुस्ताको चाहना र नेपाली जनताको भावनाअनुसार काम गर्ने भएकाले पनि नेपाली जनताले आफ्नो पार्टीलाई रुचाएको बताउनु भयो । 

सहसंयोजक नेपालले जेन–जी पुस्ताको भावनाअनुसार आफूहरु अघि बढिरहेको पनि दाबी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here