झापा । झापा का पाँचवटै निर्वाचन क्षेत्रमा १७ जना स्वतन्त्रसहित कुल ९० जनाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। जिल्लामा पूर्वप्रधानमन्त्रीदेखि वर्तमान तथा पूर्व राज्यमन्त्रीसम्मका नेताहरूले उम्मेदवारी दर्ता गराएका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार झापा क्षेत्र नं. १ मा १५ जना, क्षेत्र नं. २ मा १८ जना, क्षेत्र नं. ३ मा १७ जना, क्षेत्र नं. ४ मा १६ जना र क्षेत्र नं. ५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्लाभर उम्मेदवारी मनोनयन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।
झापा क्षेत्र नं. १
नेपाली कांग्रेसबाट केशवराज पाण्डे, नेकपा एमालेबाट रामचन्द्र उप्रेती, नेपाली कम्युनिष्ट पार्टीबाट अशेष घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निशा डाँगी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेमराज कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।
अन्य दलतर्फ राष्ट्रिय सद्भावना पार्टीबाट ओलिन राजवंशी, श्रम संस्कृति पार्टीबाट केवलराम राई, नेपाली जनमुक्ति पार्टीबाट खान्द्र करुवा, उज्यालो नेपाल पार्टीबाट नरेशकुमार लावती, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मानबहादुर साँवा लिम्बु, जनता समाजवादी पार्टीबाट रमा मेचे र मंगोल नेशनल पार्टीबाट सन्तोष तामाङले उम्मेदवारी दिएका छन्। स्वतन्त्रतर्फ गणेशकुमार खरेल र दुर्गाप्रसाद साँवा लिम्बुले उम्मेदवारी दर्ता गराएका छन्।
झापा क्षेत्र नं. २
नेपाली कांग्रेसबाट सरिता प्रसाई, एमालेबाट देवराज घिमिरे, नेपाली कम्युनिष्ट पार्टीबाट धर्मशिला चापागाईं, रास्वपाबाट इन्दिरा राना मगर र राप्रपाबाट भद्रप्रसाद नेपाल उम्मेदवार छन्।
यस्तै, मंगोल नेशनल पार्टीबाट अकलबहादुर तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमृता लावती, नेकपा माओवादी केन्द्रबाट अर्जुनकुमार पाण्डे, श्रम संस्कृति पार्टीबाट केशव भण्डारी, नेपाल मजदुर किसान पार्टीबाट चन्द्रकुमारी गारु, उज्यालो नेपाल पार्टीबाट चुडा कर्ण बेघा, जनता समाजवादी पार्टी (एकल चुनाव चिन्ह) बाट तिलबहादुर राई, नेपाल जनमुक्ति पार्टीबाट मानबहादुर पुलामी मगर, जनमत पार्टीबाट रमेशकुमार राजवंशी र नेकपा संयुक्तबाट श्रीप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्रतर्फ पुण्यप्रसाद आचार्य, युवराज संग्रौला र रमेशकुमार कार्की उम्मेदवार छन्।
झापा क्षेत्र नं. ३
नेपाली कांग्रेसबाट राजेन्द्रकुमार घिमिरे, एमालेबाट हरिबहादुर राजवंशी, नेपाली कम्युनिष्ट पार्टीबाट डिल्लीराम घिमिरे, रास्वपाबाट प्रकाश पाठक र राप्रपाबाट राजेन्द्रप्रसाद लिङदेन उम्मेदवार छन्।
यस्तै, जनता समाजवादी पार्टीबाट कर्णलाल राजवंशी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रकला साँवा, नेशनल रिपब्लिक नेपालबाट जयेन मगर, श्रम संस्कृति पार्टीबाट दीपक तिम्सिना, नेपाल मजदुर किसान पार्टीबाट धर्मलक्ष्मी दुवाल, मंगोल नेशनल पार्टीबाट यमकुमार श्रेष्ठ, जनता समाजवादी पार्टी (एकल चिन्ह) बाट बिनिता कुमारी राजवंशी, उज्यालो नेपाल पार्टीबाट श्यामकृष्ण पाठक, नेकपा माओवादी केन्द्रबाट सन्तोष कटुवाल र जनमत पार्टीबाट हर्षलाल राजवंशी उम्मेदवार छन्। स्वतन्त्रतर्फ अभय राजवंशी र मानप्रकाश संग्रौला छन्।
झापा क्षेत्र नं. ४
नेपाली कांग्रेसबाट देउकुमार थेवे, एमालेबाट लालप्रसाद साँवा लिम्बु, नेपाली कम्युनिष्ट पार्टीबाट पुरुषोत्तम चुडाल, रास्वपाबाट शम्भुप्रसाद ढकाल र राप्रपाबाट भक्तिप्रसाद सिटौला उम्मेदवार छन्।
अन्यतर्फ श्रम संस्कृति पार्टीबाट अमृता देवी राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट किरण लिम्बु लिङदेन, नेकपा मार्क्सवादी (पुष्पलाल) बाट टेकबहादुर अधिकारी, नेकपा माओवादी केन्द्रबाट ताराबहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट तुलसी दुमरु, मंगोल नेशनल पार्टीबाट दिलिप धिमाल, जनता समाजवादी पार्टीबाट पलटन ताजपुरिया, जनमत पार्टीबाट लोथ्रो हेमरम, उज्यालो नेपाल पार्टीबाट सन्तोष तामाङ र राष्ट्रिय मुक्ति पार्टी नेपालबाट त्रिनारायण राजवंशी उम्मेदवार छन्। स्वतन्त्रतर्फ साजन माझी उम्मेदवार छन्।
झापा क्षेत्र नं. ५
नेपाली कांग्रेसबाट मधरा चिमरिया, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीबाट रञ्जित तामाङ, रास्वपाबाट बालेन्द्र शाह र राप्रपाबाट लक्ष्मीप्रसाद संग्रौला उम्मेदवार छन्।
यस्तै, राष्ट्रिय मुक्ति पार्टीबाट अमृत रसाइली, जनमत पार्टीबाट अमृतलाल महतो, पिपुल्स फस्ट पार्टीबाट धर्मराज गुरागाईं, जनता समाजवादी पार्टीबाट धिरेन सुब्बा, नेपाल जनमुक्ति पार्टीबाट पदमबहादुर जवेगु, नेकपा माओवादी केन्द्रबाट सञ्जय राई, श्रम संस्कृति पार्टीबाट समिर तामाङ, राष्ट्रिय परिवर्तन पार्टीबाट सविन राई, मंगोल नेशनल पार्टीबाट सानबहादुर मेचे र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सुशान्त साम्पाङ राईले उम्मेदवारी दर्ता गराएका छन्।
सो क्षेत्रमा अर्जुन सापकोटा, खेमनाथ शिवाकोटी, डम्बर साहु, पुष्कर खतिवडा, प्रकाश नेपाल, मातृका भट्टराई, रञ्जना गौतम, विपुल गुरागाईं र शोभा भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
झापामा कुल ७ लाख १३ हजार ५ सय ३७ जना मतदाता रहेका छन्।






