मनोनयन दर्ता गर्न झापा–५ आए बालेन


७ माघ २०८२, मंगलवार १०:४१ मा प्रकाशित

दमक । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आफ्नो मनोनयन दर्ता गराउन झापा–५ आएका छन् । शाहले आज बिहान ११ बजे आफ्नो उम्मेदवारी दर्ता गराउनेछन् ।

झाँपा ५ एमाले अध्यक्ष ओलीको निर्वाचन जित्दै आएको क्षेत्र हो । ओलीले दिउँसो १ बजे आफ्नो उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको एमालेले बताएको छ ।

यहाँ नेपाली कम्युनिष्ट पार्टीले अखिल क्रान्तिकारीका रञ्जित तामाङ लाई उम्मेदवार बनाएको छ । तामाङले पनि आजै उम्मेदवारी दर्ता गराउने कार्यक्रम तय भएको छ । आज देशभर उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here