बिर्तामोड। सुवन्तसिंह राजवंशी नेतृत्वमा रहेको राजवंशी समाज विकास समिति केन्द्रीय समितिले राजवंशी समाज विकास समितिको ब्यानर प्रयोग गरेर नवौं राष्ट्रिय भाक्का दिवस डोमालाल राजवंशी रङ्गशालामा नगर्न आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय झापाले जिल्ला प्रहरी कार्यालय झापालाई पत्र लेखि अभय राजवंशी केन्द्रीय अध्यक्ष रहेको राजवंशी समाज विकास समिति झापालाई पुस २९ गते नवौं राष्ट्रिय भाक्का दिवस डोमालाल राजवंशी रङ्गशालामा गर्न शान्ती सुरक्षा कायम गर्न पत्र लेखी राजवंशी समाज विकास समितिको आन्तरिक विवादका कारण हाल पुस २९ गते डोमालाल राजवंशी रङ्गशालामा नवौं राष्ट्रिय भाक्का दिवस सञ्चालन रद्द गरिआग्रह गरेकाले त्यसको कार्यान्वयन गर्न राजवंशी समाज विकास समिति झापाका अध्यक्ष उत्तमकुमार राजवंशीले बताए।

सुवन्तसिंह राजवंशी नेतृत्वमा रहेको राजवंशी समाज विकास समिति केन्द्रीय समिति नै आधिकारिक रहेको बताउँदै उनले पहिले देखिनै आफूहरूले सहेर बसेपनि अबदेखि सम्मानित जिल्ला अदालतबाट राजवंशी समाज विकास समिति केन्द्रीय समितिको झापा जिल्ला अदालत झापाको हालै भएको फैसलाबाट समेत आधिकारिता प्राप्त गरेको दावी गरे ।
राजवंशी समाज विकास समिति मोरङका सचिव रूपेशकुमार राजवंशीले जिल्ला प्रशासन कार्यालय झापाले अभय राजवंशी केन्द्रीय अध्यक्ष रहेको राजवंशी समाज विकास समितिलाई नवौं राष्ट्रिय भाक्का दिवसको कार्यक्रम डोमालाल राजवंशी रङ्गशालामा रद्ध गर्न आदेश दिइसकेकाले आफ्नै संस्थाको व्यानरमा भाक्का दिवसको कार्यक्रम अभय राजवंशी केन्द्रीय अध्यक्ष रहेको राजवंशी समाज विकास समितिलाई आग्रह गरेको बताए ।

कार्यक्रममा सहभागी राजवंशी समाज विकास प्रतिष्ठान अध्यक्ष सुरेन राजवंशी, राजवंशी समाज विकास समिति केन्द्रीय सचिव लखनलाल राजवंशी, केन्द्रीय सल्लाहकार पानीलाल राजवंशी, बिर्तामोड नगर अध्यक्ष सिरतलाल राजवंशी, अर्जुनधारा नगर अध्यक्ष प्रभु राजवंशी, मेचीनगर नगर अध्यक्ष दिनेश राजवंशी, मेचीनगर नगर सल्लाहकार सदस्य हिरामन राजवंशी, बिर्तामोड नगर उपाध्यक्ष रतन राजवंशी, सचिव बालकृष्ण राजवंशी, सहसचिव झलकसिंह राजवंशी, सल्लाहकार गंगा राजवंशी, वडा नं ९ पूर्व अध्यक्ष प्रदिप राजवंशीलगायतले जिल्ला प्रशासन कार्यालय झापाले पनि डोमालाल राजवंशी रंगशालामा भाक्का दिवसको कार्यक्रम सञ्चालन नगर्न गरेको आग्रहलाई वेवास्ता गरे त्यसबाट उत्पन्न परिस्थितिको सामना गर्न तयार हुन अभय राजवंशी केन्द्रीय अध्यक्ष रहेको राजवंशी समाज विकास समितिलाई आग्रह गरे ।






