व्यक्तिगत इच्छा,आकांक्षा र इन्द्रिय सुखबाट माथि उठेर नागरिक सुरक्षामा लागौँः महानिरीक्षक कार्की


२६ पुष २०८२, शनिबार १३:५५ मा प्रकाशित


काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी खरानीबाट उठेर नागरिकको सुरक्षाका लागि खटिएको बताउनुभएको छ । 


शनिवार ट्राफिक सप्ताह तथा दुर्घटना न्युनिकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । जेन–जी आन्दोलनका क्रममा नेपाल प्रहरीका भवनहरु जलाइएको, धेरै क्षति गरिएको भएपनि खरानीबाट उठेर नागरिकको सुरक्षाका लागि खटिरहेको बताउनु भयो ।

प्रहरी कर्मचारीहरुले दुःखको अवस्थामा आफ्नो दायित्ववोध गरेर अभावमा खुट्टामा जुत्ता नहुँदा, शरीरमा लुगा नहुँदा पनि नागरिकको सुरक्षालाई प्राथमिक रुपमा दिनुपर्ने दायित्ववोधका साथ काम गरिरहेको बताउनु भयो । कुनैपनि व्यक्तिगत इच्छा,आकंक्षा र इन्द्रिय सुखबाट माथि उठेर नागरिक सुरक्षामा लाग्न निर्देशन दिनुभयो । 

प्रहरी महानिरीक्षक कार्कीले सबैको जिम्मेवारी सभ्य नागरिक बन्ने हुनुपर्ने बताउनु भयो । कानून कार्यान्वयनले कानूनी शासन ल्याउने र कानूनी शासनले सुशासन, सुशासनले समृद्धि र समृद्धिबाट सभ्यता कायम रहने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here