काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिमा परिणाम स्वीकार गरेर अघि बढ्नु नै उत्तम विकल्प भएको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीको केन्द्रिय कार्य सम्पादन समितिले गरेको निर्णय सबैले कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । उहाँले अहिले परस्परमा पार्टीमा प्रतिष्पर्धा गर्ने समय नभएको जिकिर गर्नुभयो ।
अहिले सबै एकतावद्ध भइ निर्वाचनमा जानुपर्ने समय भएको बताउनु भयो । पार्टीमा अहिले देखिएको परिस्थिति राम्रो नभएको भन्दै केन्द्रिय कार्यसमितिले गरेको निर्णय कार्यान्वयन गर्न आफूहरु लागिपरेको बताउनु भयो । विशेष महाधिवेशन आजको आवश्यकता नभएको बताउँदै उहाँले विशेष महाधिवेशन आजको आवश्यकता भएको बताउनु भयो ।
नतो सिटौलाले पार्टीको निर्णय मान्नु सबैको मूल कर्तव्य भएको बताउनु भयो ।






