विराटनगर, पुस २५ गते । मोरङको विराटनगर महानगरपालिका-१५ स्थितबाट लागू औषध गाँजा बेचबिखनमा संलग्न आमा छोरा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पुस २४ गते विशेष सूचनाको आधारमा मोरङको ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतकी कबिता यादवले संचालन गर्दै आएको होटलबाट ७ किलो १८० ग्राम लागू औषध गाँजा फेला पारी नियन्त्रणमा लिए संगै उनको छोरा मुन्ना कुमार यादव र बेचबिखनमा संलग्न मोरङको जहदा-१का मंजित कुमार यादवलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।






