काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न राष्ट्रियसभाको निर्वाचनले मुलुकमा डेमोक्रेसी छ भन्ने आभास दिइरहेको टिप्पणी गर्नुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिने कामले मुलुकमा डेमोक्रेसी छ भन्ने अनुभूति भईरहेको बताउनुभएको हो । उहाँले जनताको सर्वोच्च निकाय प्रतिनिधिसभा भंग गरेर मुलुकमा डेमोक्रेसीको मजाक गरिएको जिकिर गर्दै त्यसको पुनस्र्थापना हुनैपर्ने अडान समेत दोहो¥याउनु भयो ।
मुलुकलाई संवैधानिक मार्गमा फर्काउन पनि प्रतिनिधिसभा पुनस्थापना हुनुको विकल्प नरहेको ओलीको भनाई थियो । उहाँले संविधान मिच्न, कुल्चिन नदिन आफूहरुले प्रतिनिधि पुनस्थापनाको माग गर्नुपरेको समेत बताउनु भयो ।
अध्यक्ष ओलीले मुलुकमा अब अपराधिक गतिविधि हुन नदिन आफ्नो पार्टीले पिपुल भोलेन्टियर्स टोली टोलटोलमा परिचालन गर्ने निर्णय लिएको समेत बताउनु भयो ।






