खल्तीको मान्छे बनाउनेगरी भागबण्डा गरियोः महामन्त्री थापा


२३ पुष २०८२, बुधबार १४:१५ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेताको खल्तीको मान्छेलाई बनाउनेगरी राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा भागबण्डा गरिएको आरोप लगाउनुभएको छ । 


बुधवार पार्टी कार्यलय सानेपामा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उहाँले नेपाली काँग्रेस र नेकपा एमालेबीचको तालमेल नेताहरूको व्यक्तिगत स्वार्थअनुसार भएको आरोप लगाउनुभएको हो । उहाँले दुई पार्टीका शिर्ष नेताको नितान्त व्यतिmगत सम्बन्धका मान्छेहरुलाई बनाउनेगरी क्लष्टर बाँडफाँड गरेर नाम सिफारिस गरिएको बताउनु भयो ।

उहाँकाअनुसार एमालेले कुन ठाउँमा कुन समुदाय र कुन नेता बनाउने भनेर क्लष्टर लिएको छ भने काँग्रेसले पनि पार्टीको नभई नेताको खल्तीको मान्छे बनाउनका लागि क्लष्टर लिएको देखिन्छ ।

राष्ट्रिय सभाका लागि काँग्रेसबाट प्रश्तावित नौ जना उम्मेदवारमध्ये तीन जनाको नाम कुनैपनि तल्लो तहको समितिबाट सिफारिस नभएको पनि उहाँले बताउनु भयो ।  यसले संसदीय बोर्ड र केन्द्रिय समितिको मात्र नभई जिल्ला र क्षेत्रीय समितिहरूको सिफारिस गर्ने प्रक्रियाको समेत अपमान भएको उहाँको भनाई छ ।

उहाँले उम्मेद्वार चयन प्रक्रियामा समावेशिताको मर्मलाई समेत ख्याल नगरेको बताउनु भयो । प्रश्तावित नौ जनामध्ये एक जना पनि जनजाति समुदायबाट नपरेको उहाँको गुनासो छ । उहाँले मुस्लिम समुदायका योग्य व्यक्ति उम्मेद्वार बनाउने अवसर आएको बेलामा जानीजानी बाहिर राखिएको आरोप लगाउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here