अमेरिकाले भेनेजुएलामा गरेको व्यवहारप्रति एमालेको आपत्ति


२२ पुष २०८२, मंगलवार १६:१७ मा प्रकाशित


काठमाडौं । नेकपा एमालेले अमेरिकाले भेनेजुएलामा गरेको व्यवहारकोप्रति आपत्ति जनाएको छ ।


एमालेको मंगलवार बसेको सचिवालय बैठकले हालै अमेरिकाले भेनेजुएलामा अपनाएको व्यवहारको विरोध गर्दै संयुक्त राष्ट्रसंघको वडापत्रको उल्लंघन हुने कुनैपनि कार्य नर्गन आग्रह गरेको हो ।

एमाले उपमहासचिव लेखराज भट्टले अमेरिकाले भेनेजुएलामा अपनाएको व्यवहार अन्तर्राष्ट्रिय कानून र विश्व न्यायिक दृष्टिकोणबाट स्वीकार्य नरहेको बताउनु भयो । स्थायी विश्व शान्तिको पक्षमा नेपाल रहेको उल्लेख गर्नुहुँदै उहाँले सबै राष्ट्रहरू एउटै मूल्य र मान्यताका आधारमा अघि बढ्न एमालेले आग्रह गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

सबै देशको सार्वभौमिकता र अखण्डताको सम्मान गर्नुपर्नेमा एमाले स्पष्ट रहेको उहाँले बताउनु भयो । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई हालै अमेरिकाले शैन्य पक्राउ गरी अमेरिकी अदालतमा पेश गरेको छ । उक्त घटनाप्रति एमालले विरोध जनाएको हो । एमालेले अन्तर्राष्ट्रिय समुदायलाई विश्व व्यवस्थातर्फ फर्कन आह्वान समेत गरेको छ । 

एमालेले जनकपुर र वीरगन्जमा भएको समाजिक सदभाव खलबलाउने घटनाप्रति पनि गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । द्वन्द्व भड्काउने काम नगर्न र सामाजिक सद्भाव कायम राख्न एमालेले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here