राष्ट्रिय सभा सदस्य निर्वाचनमा चुनावी तालमेल गर्छौंः सिटौला


२१ पुष २०८२, सोमबार १४:०५ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा काँग्रेसले चुनावी तालमेल गर्ने बताउनुभएको छ । 


सोमवार पत्रकार सम्मेलनका क्रममा नेता सिटौलाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा काँग्रेस एक्लै लडेर परिणाम निकाल्न नसक्ने बताउनुभएको हो । उहाँले चुनावी तालमेललाई गठबन्धन भन्न नहुने बताउनु भयो ।

प्रतिनिधि सभाको निर्वाचनमा भने काँग्रेस एक्लै आफ्ना एजेण्डाहरु लिएर जनतामाझ जाने बताउनु भयो । उहाँले आम निर्वाचन पार्टीको सिद्धान्त, नीति, विचार संप्रेषण गर्ने माध्यम भएको बताउनु भयो । 

नेता सिटौलाले पार्टीको विशेष महाधिवेशन नहुने र यसको औचित्य सकिसकेको पनि बताउनु भयो । उहाँले केन्द्रिय कार्य सम्पादन समितिको निर्णय सबै नेताहरुले मान्नुपर्ने र अब आगामी निर्वाचनमा लाग्नुपर्ने बेला आएको बताउनु भयो ।

आगामी निर्वाचनमा एकतावद्ध भएर लाग्नसके राम्रो परिणाम ल्याउन सकिने बताउनु भयो । निर्वाचनपछि १५ औं महाधिवेशन गर्ने कार्यतालिका आइसकेकाले त्यसतर्फ केन्द्रित हुनुपर्ने बताउनु भयो । अहिले आन्तरिम प्रतिष्पर्धा गर्ने बेला नभएको भन्दै आन्तरिक प्रतिष्पर्धाको कलहबारे आफूहरु शतर्क रहेको पनि बताउनु भयो । 

काँग्रेस एकतावद्ध भएर निर्वाचनमा जानुपर्ने पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here