मुलुक निर्वाचनतर्फ गयो, अब के होला भन्ने अन्यौलता छैनः दाहाल


१६ पुष २०८२, बुधबार १७:२३ मा प्रकाशित


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ ।


नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल विषयक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

संयोजक दाहालले अब मुलुकमा के होला भन्ने अन्यौलता हटेको र सबै राजनीतिक दल र आम जनतालाई निर्वाचनतिर लैजाने वातावरण बनाएको भन्दै सरकारप्रति आभार समेत व्यक्त गर्नुभयो । सरकारले धेरै खालका जटिलताहरु, चुनौतिहरु, समस्याहरु, अपठयाराहरु झेल्दै निर्वाचनको वातावरण बनाएको संयोजक दाहालको निष्कर्ष थियो ।

त्यस अवसरमा संयोजक दाहालले निजी क्षेत्रको संरक्षण विना मुलुकलाई समृद्ध बनाउन सकिने अवस्था नरहेको पनि स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here