मुलुक निर्वाचनमय भएको सञ्चारमन्त्रीको दाबी


१६ पुष २०८२, बुधबार १७:२१ मा प्रकाशित


काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनमय भएको दाबी गर्नुभएको छ । 


नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो । उहाँले शिर्ष नेताहरुको कार्यक्रममा चहलपहल र उपस्थिति नै देश निर्वाचनमय भएको उदाहरण भएको जिकिर गर्नुभयो ।

उहाँले अन्तरिम सरकारको म्याण्डेट नै फागुन २१ मा निर्वाचन गराउनु रहेको बताउनु भयो । उहाँले अब निर्वाचन हुन्छ की हुँदैन भन्ने अन्यौलता हटेको बताउनु भयो ।

मन्त्री खरेलले पछिल्लो २० वर्षको इतिहासकै सबैभन्दा धेरै भ्रष्टाचारका मुद्दा अदालतमा दर्ता भएको पहिलो पटक भएको दाबी गर्नुभयो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here