बुद्धशान्ति वडा नं १ काे समन्वय तथा सहाराकाे आयाेजनामा लिडरसिप एकेडेमी तालिम सुरू


१५ पुष २०८२, मंगलवार २०:४४ मा प्रकाशित

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ काे समन्वयमा २ दिवसीय युवा नेतृत्व विकास तालिम (लिडरशिप एकेडमी) मंगलबारबाट बुधबारेमा सुरू भएकाे छ ।

सहारा नेपाल केन्द्रीय कार्यालय बिर्तामोडको आयोजनामा ग्लोबल लर्निङ ल्याब इन्टरनेसनलकाे सहयाेगमा तालिम संचालन भईरहेकाे हाे । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अनिल वाग्लेको अध्यक्षतामा भएकाे तालिमकाे सहजिकरण सहजकर्ता विनाेद दाहाल र कुशुम उप्रेतीले गरिरहनु भएकाे छ ।

सहारा नेपालका संचालक समिति सदस्य ध्यान बहादुर भारतीले स्वागत मन्तब्य र औचित्यमाथि प्रकाश पार्नुभएकाे कार्यक्रममा वडा अध्यक्ष वाग्लेले कार्यक्रम दिएर वडालाई सहयाेग गर्ने संस्था सहारा नेपाललाई धन्यवाद दिनुभयाे ।

उहाँले दिगाे विकास लक्ष्यसँग सम्बन्धित तालिम अहिलेकाे समयमा अति नै आवश्यक भएकाे समेत वताउनु भयाे । तालिममा वडा नम्बर १ सहित बुद्धशान्ति गाउँपालिका, राेङ गाउँपालिका र सुर्योदय नगरपालिकाका १८ देखि ३५ बर्ष उमेर समूहका ४० जनाकाे सहभनगिता रहेकाे छ ।

उद्घाटन कार्यक्रममा वडा नम्बर १ का वडा सदस्य लक्ष्मी कँडेल, सुमित्रा रसाइली, वडा नम्बर २ की सदस्य विमला बिस्वकर्मा, शिक्षासेवी कृष्ण ढकाल, संचारकर्मी ज्ञानु भट्टराई लगायतकाे आतिथ्यता थियो । तालिम बुधबार सकिँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here