एम्बुलेन्सबाट ५२१ किलो लागू औषध गाँजा बरामद, हवाई फायर गरी २ जनालाई नियन्त्रणमा


१४ पुष २०८२, सोमबार १८:३० मा प्रकाशित

विराटनगर, पुस १४ गते । मोरङको इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त प्रहरी टोलीले एम्बुलेन्समा लैजाँदै गरेको ५२१ किलो लागू औषध गाँजा बरामद गरेको छ भने हवाई फायर गरी २ जनालाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा पुस १३ गते राति केराबारी गाउँपालिका-५ स्थितमा चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ प्र.१-०६-००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई छोडेर मानिसहरु भान्न खोजे पछी प्रहरीले हवाई फायर गरी धनकुटा शहिदभुमी-६ का निश्चल राई र सागुरिगढी-२ का  खगेन्द्र लिम्बुलाई नियन्त्रणमा लिएको छ  भने एम्बुलेन्स भित्र १६ वटा पोका बनाएर लुकाई छिपाई राखेको ५ सय २१ किलोग्राम लागु औषध गाँजा समेत प्रहरीले बरामद गरेको छ । 

 पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here