लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ


१३ पुष २०८२, आईतवार १२:५८ मा प्रकाशित

सुनसरी, पुस १३ गते । सुनसरीको अस्थायी प्रहरी चौकी वरगाछीले पुस १२ गते धरान- ८ स्थितबाट लागू औषध ब्राउन सुगर सहित पाँचथर हिलीहाङ गाउँपालिका-७ का विशाल योक्पाङदेन र धरान-१० का इमन लिम्बुलाई ६ ग्राम ७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

यसै गरी इलाका प्रहरी कार्यालय देवानगंजले देवानगंज गाउँपालिका-२ स्थितबाट बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित औषधी ट्रामाडोल २ हजार २ सय २० क्याप्सुल बरामद गरेको हो । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ भने प्रतिबन्धित औषधी कारोबारमा संलग्नहरुको खोजिकार्य भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here