चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्व दिन्छ –उपसभामुख राना


१३ पुष २०८२, आईतवार १०:५३ मा प्रकाशित

उपसभामुख इन्दिरा रानाले चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्वका रुपमा लिदै आएको बताउनुभएको छ ।

गणतन्त्र चीन र नेपालका बिच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा नेपालस्थित जनवादी गणतन्त्र चीनको दूतावासले शनिवार आयोजना गरेको बार्षिकोत्सब समापन कार्यक्रममा सम्बोधन गर्दै उपसभामुख रानाले उक्त धारणा राख्नुभएको हो।

‘चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्वका रुपमा लिन्छ’ उहाँले भन्नुभयो, ‘शान्तिपूर्ण सह-अस्तित्वका पाँच सिद्धान्तहरूले हाम्रो मित्रतालाई बलियो आधार प्रदान गर्दछ। हाम्रो लागि चीन उदार र भरपर्दो विकास साझेदार रहेको छ जसको लागि हामी सधैं आभारी छौं।’

उपसभामुख रानाले नेपाल र चीनले ७० बर्ष अघि कूटनीतिक सम्बन्ध स्थापना गरेर दुई राष्ट्रहरू बीचको एक अद्वितीय र स्थायी सम्बन्धको सुरुवात गरेको चर्चा गर्दै  सात दशक सधै स्थिर रहेको सम्बन्धले पारस्परिक सम्मान, भौगोलिक निकटता र साझा सांस्कृतिक र आध्यात्मिक सम्पदामा जरा गाडेको बताउनुभयो । उहाँले भन्नुभयो-‘प्राकृतिक सीमाको रूपमा उभिएका हिमालयहरू कहिल्यै सम्बन्धमा बाधक बनेका छैनन,  हाम्रो निकटता, हाम्रो साझा भाग्य र शान्तिपूर्ण सहअस्तित्वप्रतिको हाम्रो प्रतिबद्धताको प्रतीक बनेका छन्।’ नेपालले सधैं एक मैत्रीपूर्ण छिमेकी र रणनीतिक साझेदारको  रूपमा चीनसँगको सम्बन्धलाई महत्व दिँदै आएको  पनि उहाँको भनाई थियो। 

नेपाल संघीयता, समावेशी विकास र दिगो विकासको बाटोमा अगाडि बढ्दै गएको र चीनलाई एक मूल्यवान साझेदारको रूपमा देखेको बताउँदै उपसभामुख रानाले  नेपालको संविधान र विदेश नीति अनुसार सबै देशहरूसँग सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध कायम राख्न प्रतिबद्ध रहेको रहेकोछ भन्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here