अप्लास्टिक एनिमियाबाट पीडित बिर्तामोड ३ का महत्तोको आर्थिक अभावका कारण उपचारमा समस्या, सहयोगको अपिल


१२ पुष २०८२, शनिबार २०:२६ मा प्रकाशित

बिर्तामोड । आर्थिक अभावका कारण बोनम्यारो क्यान्सर (रक्त क्यान्सर) रोगबाट पीडित बिर्तामोड ३ का युवाको उपचारमा समस्या भएको छ । झापाको बिर्तामोड ३ स्थित समावेशी टोलका १७ बर्षीय आर्यनकुमार महत्तोको उपचारमा आर्थिक अभाव भएको हो । दुई बर्षदेखि बोनम्यारो क्यानसर रोग पत्ता लागेको आर्यनको हाल भारतमा उपचार भइरहेको छ ।

दुई बर्ष अघि काठमाण्डौंमा उपचार गराउंदा उनलाई क्यानसर भएको पत्ता  लागेको थियो । काठमाण्डौंमा उपचार सम्भव नभएपछि अहिले उनको भारतको दिल्ली स्थित एम्स अस्पतालमा उपचार भइरहेको छ ।

तर चिकित्सकले तत्कालै बोन म्यारो प्रत्यारोपण गर्न सुझाब दिएको बिरामीका मामा प्रमोद महत्तोको भनाई छ । तर आर्थिक स्थिति दयनिय भएका कारण उनको उपचारमा ढिलाई भइरहेको उनको भनाई छ । 

बिर्तामोड ३ स्थित श्री महेन्द्र रत्न माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत आर्यनलाई  बचाइ दिन उनको परिवारजनले आग्रह गरेका छन् । दैनिक मजदुरी गरेर जिविका चलाउंदै आएका आर्यनको परिवारले हाल सम्म, आफ्न्त, साथीभाई संग सर सापट गरेर उपचार गरिरहेका छन् । आर्यनलाई अप्लास्टिक एनिमिया भएको चिकित्सकले बताएका छन् । 

बिरामीलाई सहयोग गर्न इच्छुक दाता, सहयोगी संस्था तथा सामाजिक ब्यक्तित्वले आर्यनको आमा कमला महत्तोको नाममा एनआइसी बैंक बिर्ताबजार शाखामा रहेको खाता नक्बर २४६५५७५२९४१२२६००१ रकम जम्मा गर्न सक्ने जनाइएको छ । त्यस्तै तल दिएको क्युआर कोडमा रकम जम्मा गर्न सबै समक्ष आफ्नतले आग्रह गरेका  छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here