सानो घर, एउटा गाडी र सहज शिक्षा र स्वास्थ्यको पहुँच नै नेपाली युवाको आशाः कुलमान घिसिङ


१२ पुष २०८२, शनिबार १५:४८ मा प्रकाशित


काठमाडौं ।
अन्तरिम सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सानो घर, एउटा सवारीसाधन र शिक्षा, स्वास्थ्यको सहज पहुँच नै युदिनसके युवाहरुलाई स्वदेशमै राख्न सकिने बताउनुभएको छ ।


राष्ट्रिय घर निर्माण महोत्सवको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले न्युनतम महत्वमा एउटा सानो घर, एउटा सवारीसाधन र शिक्षा, स्वास्थ्यको सहज पहुँच पु¥याउनुपर्ने बताउनु भयो । उहाँले त्यसका लागि केही ऋण दिने व्यवस्था सरकारले गर्न जरुरी रहेको बताउनु भयो ।

नेपालमा बस्नु भन्ने तर बस्नसक्ने वातावरण बनाउन नसक्ने कुराले युवाहरु स्वदेशमा रहन नसक्ने उल्लेख गर्नुभयो । यो नै नेपालको शुरुवाती इकोनोमी ट्रान्सफर्मेसनको प्रस्थानबिन्दु बन्नुपर्ने बताउनु भयो । आगामी सरकारले यसबारेमा काम गर्नुपर्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here