कर्मचारीलाई सेवा प्रवाह र सुशासनमा ध्यान दिन गृहमन्त्री अर्यालको निर्देशन


१२ पुष २०८२, शनिबार ०८:३५ मा प्रकाशित


गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै प्रशासनिक सुशासनमा विशेष ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

 
शुक्रवार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सार्वजनिक सूचना प्रणाली तथा टोकन प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले सुशासन र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सुशासन कायम गर्न नसकेकै कारण निर्वाचित जनप्रतिनिधिको म्याण्डेट भंग भएको उल्लेख गर्दै कर्मचारीहरुले पनि जेनजी पुस्तालाई चुनौतीको रुपमा लिएर कार्यसम्पादन गर्नुपर्ने बताउनु भयो । 

सेवा प्रवाह प्रभावकारी बनाउँदै मुलुकमा सुशासन कायम गर्न नसके सरकार निरन्तर युवापुस्ताको दबाब र चुनौती सामना गर्न बाध्य हुने उहाँको भनाइ छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here