बिर्तामोड । झापाको बिर्तामोडमा बृहत जनसभाको आयोजना गर्दै श्रम सस्कृती पार्टीको झापा जिल्ला समिति घोषणा कार्यक्रम आज सम्पन्न भएको छ । पार्टीका केन्द्रिय सदस्य केवलराम राईले जिल्ला कार्य समितिमा चयन हुनु भएका पदाधिकारीहरुको नामावाली पढेर सुनाउनु भएको थियो । उहाँले चयन हुनु भएका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिनु भएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्न पार्टीका केन्द्रिय अध्यक्ष हर्क साम्पाङ आउनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नु हुदै उत्पादन र श्रम बिना देशको विकास नहुने कुरामा उहाँले जोड दिनु भयो । पुराना दलहरुले धेरै आश्वसनको खेती गरेको आरोप लगाउनुहुदै अब आश्वसन र बिदेशी रिनले देश नबन्ने बिचार पनि उहाँले व्यक्त गर्नु भयो । श्रमको माध्यमबाट देशमा बिकासको मुहान फुटाउन सकिन्छ भन्ने सोच र स्वदेशी माटोलाई माया गर्नु पर्छ भन्ने अवधाराण सहित श्रम सस्कृति पार्टीको निर्माण भएको कुरामा विश्वास्त हुन अध्यक्ष साम्पाङले उपस्थित महानुभावहरुलाई आग्रह गर्नु भएको थियो ।
उक्त घोषणा सभा शुरु हुनु पुर्व श्रम सस्कृती पार्टीमा आबद्ध जनसमुदायहरुले बिर्तामोडको सिटि सेन्टर देखि र्याली निकालेको थियो । र्याली मुक्तिचोक हुदै पश्चिम स्टेण्ड पुगेर पार्र्टीका केन्द्रिय अध्यक्षा सहित पुन सभा स्थल सिटि सेण्टरमा आएर सभामा परिणत भएको थियो ।






